 
	
काठमाडौँ । नेपली ईलोहं प्रकाशन प्रा.लिले लेखक नरेशवीर शाक्यको एघारौं कृति ‘ललितविस्तर शोधग्रन्थ’ आनन्दकुटि विहार स्वयंभुमा बिमोचन भएको छ । भगवान बुद्धको जीवनी रहेको यस ऐतिहासिक ग्रन्थ ‘ललितविस्तर’को शोध ग्रन्थको विमोचन विहार प्रमुख धम्ममूर्ति महास्थविर, भिक्षु पञ्ञामूर्ति, भिक्षु प्रियदस्सी, लोट्स रिसर्च सेन्टरका अध्यक्ष प्रा.डा. सुरेन्द्रमान बज्राचार्य, ईलोहं प्रकाशनका संरक्षक धर्मवीर शाक्य, पुस्तकका दाता पद्यादेवी शाक्य र लेखक नरेशवीर शाक्यले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा पुस्तकका दाता पद्मादेवी शाक्यले स्वागत मन्तब्य एवं उपस्थित सबैलाई पुस्तक वितरण गर्नु भएको थियो लेखक नरेशवीर शाक्यले बुद्ध धर्मको स्नातकोत्तर अध्ययनको क्रममा ‘ललितविस्तर एक तुलनात्मक अध्ययन’ विषय तयार पार्नु भएको शोध ग्रन्थलाई नै पुस्तकको रुपमा प्रकाशित गरिएको हो ।
पुस्तक विषय मन्तब्य राख्नु हुँदै नरेशवीर शाक्यले बौद्ध ग्रन्थहरु भारतको नालन्दा बिश्वविद्यालमा आगो लगाई सकेपछि नेपालमा मात्र सुरक्षित रुपमा रहेको कुरा उल्लेख गर्नुहुँदै यी नै ग्रन्थको आधारमा विश्वमा पुन ललितविस्तर ग्रन्थ प्रचारमा आएकोले यस ग्रन्थको ऐतिहासिक महत्व रहेको जनाउनु भएको थियो । उद्घाट्न कार्यक्रममा अध्यक्ष बज्राचार्यले ललितविस्तर ग्रन्थ सर्वास्तिवादीहरुको रहेको र पछि यस्लाई महायानिहरुले अपनाएको बनाउनु भएको थियो । सभापति धम्ममूर्ति महास्थविरले बुद्ध धर्म सम्वन्धी हरेक पुस्तकले दिइरहेको ज्ञानलाई व्इवहारिकरुपमा पनि प्रयोगमा ल्याउनु पर्ने कुरा उल्लेख गर्नुहुँदै यस शोध ग्रन्थको महत्व विषय चर्चा गर्नुभएको थियो ।
कार्यक्रम कल्पना बज्राचार्यले संचालन गर्नु भएको थियो । ललितविस्तरमा के छ ? ललितविस्तर एकै समयमा लेखिएको ग्रन्थ होइन, न कि एकै ब्यक्तिले । यो ग्रन्थ कुन समयमा कस्ले लेखेको हो भन्ने कुरा अहिले सम्म यकिन हुन सकिरहेको छैन । ललितविस्तरको जुन वर्तमान रूप देखिरहेको छ, यो विभिन्न लेखकहरूले विभिन्न समयमा एउटै ग्रन्थमा थप्दै तयार गरिएको ग्रन्थ हो ।
‘ललितविस्तर’ सिद्धार्थ गौतमले जगत उद्धार गर्न, सर्वसत्व प्राणीको हितको निमित्त उपदेश दिन आफू वास गरिरहेको तुसिता भूवन देखि पृथ्वीलोकमा अवर्तन गर्नको निमित्त सेतो हात्तिको रूपमा मायादेवीको गर्वमा प्रवेश गरेको घटना देखि बोधिज्ञान प्राप्त गरेको र वनारसको मृदगावनमा प्रथम धर्मचक्र प्रर्वतन सम्मका घटना विवरण उल्लेख रहेको सूत्रलाई ललितविस्तर सूत्र भनिन्छ । यो ग्रन्थ पहिला सर्वास्तिवादीहरूको ग्रन्थ थियो । पछि यसमा महायानी अनुयायीहरूको विचारहरू समाहित गरी बुद्धलाई एक अलौकिक ब्यक्तिको रूपमा प्रस्तुत गर्ने कार्य गरियो ।
बौद्ध विद्धान पि.एल भगतका अनुसार वर्तमान समयमा उपलब्ध रहेको संस्कृत भाषाको ललितविस्तर तेश्रो शताब्दीतिरको हुनु पर्ने अनुमान गरेको छ । ललितविस्तरलाई नेपालमा नवधर्म ग्रन्थको एक ग्रन्थको रूपमा मान्यता प्राप्त छ भने तिब्बतमा पनि यसलाई महत्वपूर्ण स्थान दिइएको छ । नवौं शताब्दी तिर यो ग्रन्थ तिब्बती भाषामा अनुवाद गरिएको हो । हाल सम्म अनुवाद गरिएका ललितविस्तर ग्रन्थहरूमध्ये तिब्बती भाषामा अनुवाद गरिएको ललितविस्तरलाई उत्कृष्ट र मूल संस्कृत ग्रन्थसंग अति नजिक रहेको मान्दछ ।४ ललितविस्तर गद्य र पद्य दुबै विधामा रचना गरिएको छ । यसमा समाहित उल्लेखनीय मात्रामा पद्य अंशहरू सर्वास्तिवाद सुत्तहरूबाट लिइएको पाइन्छ ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली



