काठमाडौं । जेनजीको ठूलो बलिदानबाट देशमा राजनीतिक परिवर्तन हुँदैगर्दा संसद पुनस्थापनका मुद्धले आफूहरुलाई झस्काएको बताएका छन् । बुधबार राजधानीको संवाद डबलीमा ‘राष्ट्रिय रक्ष जेन–जी क्रान्ति संघर्ष समिति र घाइते जेनजी नेपाल युनाईटेड शान्तिदूत’ले प्रतिगमन रोक्न सम्पूर्ण जेनजी समूहहरुलाई आफ्नो विधानमा एक हुनसमेत अपिल गरेको छ ।
प्रा.डा.सुरेन्द्र केसीले आयोजकको नविनतम पहल भएको बताउँदै धन्यवाद दिए । उनले परिवर्तनलाई संस्थागत गर्न सबै जेनजी एक हुनुपर्नेमा समेत जोड दिए ।
जेनजी युनाईटेडका संयोजक जनक परियारले संसद पुनस्थापनाको चर्चाले प्रतिगमन हुनसक्नेप्रति चिन्ता व्यक्त गरे । आफूहरुको बलबाट बनेको सरकारले जेनजी मर्म अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाउँदै भने,“दमनकारीहरु अहिले कस्टडीमा हुनुपर्नेमा फेरी संसद पुनस्थापनका कुरा गर्नु जेनजी बलिदानको अपमान हो ।”
जेनजी घाईते(खुट्टामा दुई गोली लागेकी) स्मृति राईले जेनजीहरुले आफ्नो मुल मियोको पहिचान नगरि विभिन्न समूहमा विभाजन हुँदा पुराना दलहरुले टाउको उठाउन थालेकोमा चिन्ता व्यक्त गरिन् । राईले देशलाई राजनीतिक निकास दिन सबै जेनजी ‘नेत्रवाद दर्शन’मा एकीकृत हुन पनि आह्वान गरिन् ।

घाईते विजय अधिकारी(६ वटा गोलि लागेका)ले आफूहरुको बलिदानमाथि घात गर्ने कसैलाई पनि नछाड्ने चेतावनी दिए ।
घाईते केशव लिम्बु(खुट्टा र हातमा ३ गोली लागेका)ले घाईते र सहादत गरेको परिवार बारेमा कुनै सम्बोधन नहुँदै जेनजी आन्दोलनमाथि घात हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । लिम्बुले देशलाई निकास दिन र विश्व शान्ति र मानवतावादका लागि ‘नेत्रवाद दर्शन’ प्रयाप्त रहेको विश्वास लिए ।
अशोक घोरासैनी (गोली लागेको)ले ऐतिहासिक जेनजी क्रान्तिका योद्धाहरु विभाजित भएर भन्दा आफ्नो नीतिमा एक भएर संघर्ष गर्नुपर्ने धारणा राखे ।
विवेक बुढाथोकीले सरकार भर्षेष जेनजी हुनु दुर्भाग्य भएको बताए ।
लक्ष्मि देवी आफूहरुले वर्षौंको ध्यान अध्ययन र साधनाबाट सिर्जित जेनजीको ‘नेत्रवाद दर्शन’ले देशलाई पथप्रदर्शन गर्नसक्ने दाबी गर्दै सबै एक ठाउँमा आउनुपर्ने धारणा राखिन् ।
मनिष बजगाई, आर्यन अधिकारी र जनार्दन क्षेत्रीलगायतले कुनै पनि किसिमको प्रतिगमन स्वीकार्य नहुने चेतावनीसमेत दिदै सबै जेनजीहरुलाई आफू हारेर देशलाई जिताउने मूल भावलाई स्वीकार्दै जेनजीका अर्धभूमिगत नेतृत्वसँग छिटोभन्दा छिटो समन्वय गरि राजनीतिक समाधानको पहल गर्न आग्रह गरे ।


अनलाइन डबली


