आज :

आमरण अनशन बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पताल लगियो

  • अनलाइन डबली

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशन बसेका डा. निकोलस भुसाललाई वीर अस्पताल लगिएको छ ।
काठमाडौंको माइतीघरमा ९ दिनदेखि अनशन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि उनलाई आज उपचारका लागि वीर अस्पताल लगिएको हो ।
उनलाई केही दिनअघिदेखि जीउ सुन्निने, रिंगटा लाग्ने समस्या थियो ।
उनले जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै, संविधान संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश र राष्ट्रिय सभा खारेज तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत उनको माग छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal