
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने वा नहुने भन्नेमा आज निर्णय गर्ने भएको छ । केन्द्रले निर्णय नगरेका कारण प्रदेस सरकारमा गठनमा एकीकृत समाजवादीका नेताहरु अन्यौल छन् ।
प्रदेश १ यही २४ गते मुख्यमन्त्रीको दाबी पेश गर्न समय सीमा तोकिसकेको र अन्य प्रदेशमा पनि नयाँ सरकार गठनको पक्रिया अगाडि बढेका कारण चाँडो निर्णय गर्न एकीकृत समाजवादीलाई दवाव सिर्जना भएको छ ।
केन्द्रमा बनेको नयाँ गठबन्धनमा एकीकृत समाजवादी सहभागी हुने वा नहुनेलगायतका विषयमा छलफल गर्न आज विहानैबाट एकीकृत समाजवादीको स्थायी समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बिहान ११ बजेदेखि चलिरहेको छ । शनिबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सक्ने तयारी गरिएको हो ।
स्थायी समिति बैठक सकिए लगत्तै पोलिटब्यूरो बैठक र केन्द्रीय समिति बैठक बस्ने नेताहरुले बताएका छन् ।