
धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभा दलको नेता आज चयन गर्दैछ । शनिबार बसेको संसदीय दलको आजसम्मका लागि स्थगित गरिएको थियो ।
प्रदेससभामा ११ सदस्य रहेको माओवादीले स्थायी समिति सदस्य समेत रहेका नेता खगराज भट्टले चयन गर्ने तयारी गरेको छ । प्रदेशसभा सदस्य ओमविक्रम भाटले पनि नेतामा दाबी गरेका छन् ।
प्रदेशसभा सदस्य समेत रहेका उपाध्यक्ष अक्कल बहादुर रावलले आजको बैठकले भट्टलाईँ दलको नेता चयन गर्ने जानकारी दिए । उनले भाटले आज विहानसम्मको समय मागेका कारण बैठक स्थगित गरिएको बताए ।
‘हामीले सर्वसम्मत गराैं भन्ने थियाे, सरलजीले पनि दाबी गर्नुभएकाे छ । उहाँले आजको बैठकमा नमाने नोट अफ डिसेन्ट राख्नुहुन्छ र दलको नेतामा भट्टलाई चयन गर्छाैं’ रावललले भने ।
भट्ट माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत हुन् । पार्टी केन्द्रले भट्टलाई नै दलको नेतामा प्रस्ताव गरेको छ ।