
काठमाडौं । आम नागरिकलाई सिंहदरबार प्रवेश सहज बनाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् । शनिबार विहान गृहमन्त्री रवि लामिछानेलाई बोलाएर सिंहदरबारमा आम नागरिकको सहज पहुँच पुर्याउने वातावरण निर्देशन दिएका हुन् ।
भेटमा हाल सिंहदरबार प्रवेशका लागि झन्झटिलो व्यवस्थाको विकल्पबारे छलफल भएको छ ।
प्रधानमन्त्रीले कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने बारे पनि प्रधानमन्त्रीले कार्यविधि तयार गर्न निर्देशन दिएका छन् ।
तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि छलफ भएको छ ।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले राजस्व चुहावट नियन्त्रण गर्न अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउन समेत गृहमन्त्रीलाई लामिछानेलाई निर्देशन दिएका छन् ।