आज :

शालिनदी क्षेत्रमा  मनाइने ,माधव नारायण मेलाको तैयारी पुरा

  • बुद्धशरण शाही

पुस १५, काठमाडौं ।  प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको शङ्खरापुर नगरपालिकास्थित शालिनदी क्षेत्रमा  मनाइने ,माधव नारायण मेलाको तैयारी पुराभएको छ । कोरना महामारीलाइ मध्ये नजर गरि स्वस्थ मापदण्ड पुरा गरि माघ ३ गते बात प्रारम्भ हुने मेला  मेलालाई ब्यबस्थित गरिने माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिकाले आज पत्रकार सम्मेलन गरि मेला ब्यबस्थापनको सम्पूर्ण तैयारी पुरा भएको बारे जानकारी दिए ।

मेलाको ३५ लाखसम्म आन्तरिक एवम् बाह्य पर्यटकले दर्शन गर्न सक्ने गरी व्यवस्था गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । शालिनदी मेला यो वर्ष पुस २२ देखि माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।

पौराणिक मान्यतामा आधारित यो व्रत एवम् मेला राष्ट्रिय महत्त्व र गौरवको विषय बनेको छ । यो मेलामा आउने भक्तजनका लागि सहज रुपमा सार्वजनिक यातायातको व्यवस्था गरिने भएको छ । यसका लागि शालिनदी यातायात प्रालि, बाबा गोकर्णेश्वर यातायात प्रालिबाट सबै बस सञ्चालन गरी अपुग भएमा अन्य यातायातका साधन पनि सञ्चालनमा ल्याइने भएको छ ।

मेलामा शान्तिसुरक्षा, स्वास्थ्य सेवा, निःशुल्क खानेपानी सेवा, कोरोनाको नयाँ भेरियन्ट बढ्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन चेतनामूलक अभियान सञ्चालन गरिनाका साथै स्यानिटाइजर मास्क निःशुल्क वितरण गरिने समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

मेला सञ्चालनका लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र पौराणिक महत्वको सहर साँखुका आठवटै टोलबाट पालैपालो अध्यक्ष छान्ने व्यवस्था गरिएको छ । यस पटकदेखि दुई वर्षका लागि साल्खा टोलका बालकृष्ण अध्यक्ष बन्नुभएको कार्यक्रम संयोजक लक्ष्मीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मेला सञ्चालनमा आउने पसलमा समितिले तोकेको मूल्यसूची राखिने जानकारी पनि दिइएको छ । मेलाका बेला बढी भाडा लिने सार्वजनिक यातायात र तोकिएभन्दा बढी मूल्यसूची लिने पसललाई इलाका प्रशासन कार्यालय, नगरपालिका, समितिलगायतको समन्वयमा बन्ने संयन्त्रले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।

काठमाडौँ बात उत्तर पुर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती साँखुमा प्रत्यक बर्ष  एकमहिना लामो माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला लाग्छने गर्दा छ  । नालन्द, नारायणी वा नारी नदि भनिने शैल अर्थात् शालीनदी बोधिसत्वो महाराजको बासस्थान मनिचुड दह ( मणिशैल ) बात बगेर आएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal