काठमाडौं ।सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित ५३ जना प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्। प्रदेश सभामा ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश सभाका ५२ जना सदस्यलाई शपथ गराएका हुन्।
नागरिक उन्मुक्ति पार्टीका ५ र नेपाली कांग्रेसका एक जना सांसदले थारु भाषामा र त्यसबाहेक अन्य ४७ सदस्यले नेपाली भाषामा शपथ ग्रहण गरेका थिए। प्रदेश सभा बैठक १८ गते सोमबार आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।
सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसद छन्। त्यस्तै राप्रपाका एक र एक जना स्वतन्त्रबाट निर्वाचित भएका छन्।