काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केसी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
ओली प्रचण्डलाई भेट्न शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । सरकारको साझा न्यूनतम कार्यक्रम बनाउने समितिको संयोजक समेत रहेका ओली त्यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।
भेटमा न्यूनतम साझा कार्यक्रमसँगै मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवायले जनाएको छ ।
विहीबार बसेको गठबन्धन दलको बैठकले ओलीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको थियो ।


अनलाइन डबली





