आज :

प्रभु साहले गठन गरे ‘आम जनता पार्टी’

  • अनलाइन डबली

काठमाडौँ । पूर्व माओवादी नेता प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । बिहीबार नयाँ पार्टीको नाम आम जनता पार्टी राखेका छन् । माओवादी हुँदै नेकपा एमालेमा गएका साहले चुनावको मुखमा एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

तत्कालिन वाम लोकतान्त्रिक गठबन्धनको सहयोगमा साहले रौतहट ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका साहले विहीबार एक भेलाको आयोजना गरी नयाँ पार्टीको सार्वजनिक गरेका हुन् ।

भेलाले ५१ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जारी विज्ञप्तिमा अनुसार प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकिएको छ ।

साहले आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal