
काठमाडौं । मधेेश प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित सांसद जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुशवाहालाई पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका थिए । प्रचण्डले कुशवाहालाई पार्टी र संसदीय माेर्चामा सशक्त भूमिका खेल्ने वातावरण बनाउने समेत बताए ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका कुशवाहा विजयी भएका थिए ।
कुशवाहाले प्रवेश गरेसँगै मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।