आज :

कर्णाली प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको नेतामा शर्मा चयन, मुख्यमन्त्रीकाे दाबी

  • अनलाइन डबली

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् ।
बुधबार बसेको संसदीय दलको बैठकले शर्मा दलको नेता चयन गरेको हो । शर्मा रुकुम पश्चिम प्रदेशसभा ख बाट निर्वाचित भएका थिए ।

दलको नेतामा अन्य नेताहरु पनि आकांक्षी थिए तर शर्माको पक्षमा सहमति जुटेको हो । सहमति नभए चुनावमा जाने भनिएपनि बुधबार आकांक्षी नेताहरुले पनि शर्मालाई समर्थन गरेका थिए । पार्टी जिम्मेवारीमा शर्मा अन्य आकांक्षी नेताहरु भन्दा सिनियर पनि हुन् ।

कर्णालीको मुख्यमन्त्रीमा शर्माले दाबी गर्दै आएका छन् । दलको नेता चयनसँगै गठबन्धनमा कर्णाली प्रदेश माओवादीको भागमा परे शर्मा नै मुख्यमन्त्री हुने निश्चित भएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal