
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट सरेका छन् । पूर्वप्रधानमन्त्री देउवा परिवारसहित बुधबार बालुवाटारबाट सरेका हुन् ।
मंगलबार नै सर्ने तयारी गरेपनि ज्योतिषीले बुधबार सर्ने साइत दिएका कारण आज विहान सरेका हुन् । देउवा धुम्बाराहीस्थित एक भाडाको घरमा सरेको बताइएको छ ।
बुढानिलकण्ठस्थित देउवा निवासको भाग निर्माणाधीन रहेकोले भाडाको घरमा सरेको बताइएको छ । घर निर्माणको काम सकिएलगत्तै बुढानिलकण्ठ सर्ने निजी सचिवालयले जनाएको छ ।
यसैबीच हातमा आएको सत्ता गुमेपछि नेपाली काँग्रेसभित्र ठूलो हलचल ल्याएको छ । संस्थापन इतर समूहको छलफल पनि जारी छ । देउवाले बोलाएको केन्द्रीय समिति बैठकमा बोल्ने एजेण्डाबारे छलफल गर्न दुबै समूह आन्तरिक छलफलमा जुटेका छन् ।