
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा छलफल भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासको छतमा दुई अध्यक्षबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल विस्तार, प्रदेशको नेतृत्वबारे पनि छलफल भएको छ ।
एमाले अध्यक्ष ओली प्रचण्डलाई भेट्न बुधबार विहान खुमलटार पुगेका थिए । तत्कालिन नेकपा विघटनपछि ओली पहिलो पटक खुमलटार पुगेका हुन् ।
आजै विहान मात्रै यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।