काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार विहान भएको भेटवार्तामा सरकारमा सहभागी हुनेलगायतका विषयमा छलफल भएको बताइएको छ ।
स्राेतका अनुसार प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । जवाफमा अध्यक्ष नेपाल आफू सकारात्मक भएको तर पार्टीमा छलफल गरेर मात्रै निष्कर्षमा पुग्ने जवाफ दिएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले वामपन्थीहरु एक ठाउँमा आउन आवश्यक रहेको समेत बताएका थिए ।
नेकपा एसलाई सरकारमा सहभागी गराउन नेकपा एमाले पनि तयार रहेको छ । मंगलबार बेलुका एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।