
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसदीय दलको नेताको लागि निर्वाचन गर्न लागेको छ । अध्यक्ष उपेन्द्र यादव चुनावमा पराजित भएसँगै अन्य नेतामाम सहमति नभएपछि निर्वाचनमार्फत दलको नेता चयन गर्न लागेको हो ।
जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साह ले दाबी गर्दै आएका छन् । उनीहरुबीच सहमति नजुटेकोले मतदानमार्फत नै दलको नेता छान्ने तयारी भइरहेको छ । सहमतिको लागि अझैं अन्तिम पटक प्रयास गरिने जसपाका नेताहरुले बताएका छन् ।
संसदीय दलको नेतामाम राई यादवबीच प्रतिस्पर्धा हुने बताइएको छ । जम्मा १२ जना सांसद रहेको जसपामा दलको नेता को भन्नेमा सहमति हुन सकेको छैन ।