
काठमाडौं । महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । सरकारको कानुनी सल्लाहकारको रुपमा प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् ।
संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति गर्नुपर्छ । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ ।
संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको प्रतिनिधि सभा विघटनविरुद्धको रिटको पक्षमा सर्वोच्च अदालतमा बहस समेत गरेका थिए ।