आज :

बाका भैरवको चर्चा गरेर मानन्धरहरुले गुठीको कार्यक्रम सम्पन्न गरे (

  • अनलाइन डबली

पुस ११, काठमाडौँ । काठमाडौंको ईन्द्रचोकस्थित मानन्धरहरुको बाका देय् सनाःगु खलःको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गुठीले ऐतिहासिक र धार्मिक महत्त्व बोकेको बाका भैरवको चर्चा गरी कार्यक्रम गरेका छन् ।
कार्यक्रममा शिक्षासेवी विजय कुमार मानन्धरले ईन्द्रजात्राको क्रममा आकास भैरवसँगै प्रदर्शन गरिने बाका भैरवको महत्त्वको विषयमा प्रकाश पारे । ‘उहिले बाका भैरवले तत्कालीन काठमाडौं नगरको आधा भूभाग जितेका थिए । बछि र बाखा भैरव शब्द अपभ्रंस भएर बाका भैरव हुनपुगेको सुनेको छु । बछिको अर्थ स्थानिय भाषामा आधा भन्ने हुन्छ । यो आधारले उहिले आधा नगर जितेका भैरवलाई हामीले संरक्षण गर्दै आएका छौं ।’ मानन्धरको भनाइ थियो । उहाँले किंवदन्ती र परम्पराकै आधारमा ईन्द्रजात्राको एकदिन अगाडि प्रर्दशन गरेर जात्रा सकिएको भोलीपल्ट बाका भैरव भित्र्याउने चलन रहेको बताए ।
हुनपनि सत्ययुगमा महामायाले त्रिदेवलाई ५ किसिमको वर दिए पश्चात् भैरवको उत्पत्ति भएको विश्वास गरिन्छ । स्थिर वैंश, स्त्री शक्ति, शताब्दी आयु, त्रिगुण र कर्तव्यको वरदान प्राप्त गरेका त्रिदेव  नै हाम्रो लागि रक्षक र क्षेत्रपाल भएको शास्त्रमा उल्लेख छ ।
कार्यक्रममा संघीय सांसद माननीय विराजभक्त श्रेष्ठले बाका भैरव गुठीलाई व्यवस्थित गर्ने क्षेत्रमा सक्दो सहयोग गर्ने बताए । माननीय श्रेष्ठले सामुदायिक रुपमा संगठित भएकाहरुले संस्कृति संरक्षणमा दिएको योगदानलाई कदर गरी स्थायित्वको लागि आग्रह समेत गरे ।
त्यस्तै, काठमाडौं ८ ‘क’ का प्रदेश सांसद शैलेन्द्र मान बज्राचार्यले निस्वार्थ भावनाबाट प्रेरित भएर काम गर्नुपर्नेमा जोड दिए । देश र जनताको लागि समर्पित जनप्रतिनिधिहरुलाई समुदायले प्रोत्साहन दिन समेत आग्रह गरे ।
कार्यक्रममा फरक विधामा योगदान दिएका र शैक्षिक क्षेत्रमा उपलब्धि हासिल गरेका समुदायभित्रका १८ जना महानुभावहरु सम्मानित भएका थिए । गुठीका कजि न्हुच्छे नारायण मानन्धरको सभापतित्वमा सामाखुसीमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय मानन्धर संघका सभापति मनोज कुमार मानन्धर, राजनीतिज्ञ, समाजसेवी, गुठीका पदाधिकारीहरु सहभागी थिए ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal