Skip
आज :

काँग्रेसविनाको नयाँ समिकरणको खाका तयार, राष्ट्रपति एमाले र प्रधानमन्त्री माओवादी

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमलाे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सरकारको नयाँ समिकरण खाका तयार भएको छ । स्रोतका अनुसार खाकामाथि प्रारम्भिक छलफल चलिरहेको छ । जसमा एमालेबाट राष्ट्रपति र माओवादीबाट प्रधानमन्त्री बनाउने गरी छलफल भएको छ ।

यसको पुष्टि गर्दै प्रचण्ड सचिवालयले बालकोटबाट नयाँ यात्राको सुरुवात भएको बताएको छ ।

त्यसैगरी सरकारमा सहभागी हुने अन्य पार्टीलाई शक्ति बाँडफाँडमा पनि सहभागी गराउनेबारे छलफल भइरहेको छ ।  नेपाली काँग्रेस चुनाव अघि प्रचण्डसँग गरेको वाचा पूरा नगरेपछि नयाँ समिकरण बनेको हो । नेपाली काँग्रेस बाहेककाे सरकार बन्ने भएको छ ।

अहिले पनि बालकोटमा छलफल चलिरहेको छ । बैठक स्थलबाटै सिके राउतलाई फोन आएपछि उनी पनि पुगेका छन् ।

स्रोतका अनुसार नयाँ सरकारमा सहभागी हुन रवि लामिछाने, जनता समाजवादी र राप्रपा पनि सरकारमा जान तयार रहेका छन् ।

नयाँ समिकरणमा अहिलेसम्म एमाले ७८, माओवादी ३२, रास्वपा २०, राप्रपा १४ र जसपा १२ गरेर १५६ सांसद पुगेका  छन । नागरिक उन्मुक्ति र सिके राउत पनि सरकारमा सहभागी हुने संकेत गरिसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal