काठमाडौंं । नयाँ सरकार गठनको लागि राष्ट्रपति वद्यादेवी भण्डारीले दिएको समय सीमा सकिनै लाग्दा नेताहरुबीच निर्णायक छलफल चलिरहेको छ । गठबन्धन टुटेसँगै अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वार्ता भइरहेको छ ।
एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न प्रचण्ड बालकोट पुगेका छन् । अहिले ओली र प्रचण्डबीच वार्ता चलिरहेको छ । अहिले एमाले र माओवादीसँगै रवि र उपेन्द्र यादव जसपा पनि छलफलमा छन् । चार पार्टीबीच नयाँ समिकरण हुने सम्भावना रहेको छ ।
एमाले र माओवादी एक ठाउँमा उभिए रविको पार्टी र जसपाले पनि समर्थन गर्ने जनाएका छन् । नयाँ सरकारको लागि १३६ सांसदको आवश्यकता पर्छ । जबकी एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् ।