
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्। बालुवाटारबाट खुमलटार निवास पुगेर नेताहरुसँग छोटो संवाद गरेका प्रचण्ड बालकाेट लागेका थिए ।
नेपाली काँग्रेसले पूर्वसहमित कार्यान्वयन गरेपछि पाँच दलीय गठबन्धन टुटेको थियो । बालुवाटारमा गठबन्धनको औचित्य सकिएको घोषणासहित प्रचण्ड बाहिरिएका थिए ।
एमालेसँग नयाँ सरकारबारे छलफल हुने नेताहरुले बताएका छन् । प्रचण्डसँगै उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिव देव गुरुङ पनि साथमा रहेका छन् भने एमाले उपाध्यक्ष सुवास नेम्वाङसहितका नेताहरु पनि बालकोट पुगेका छन् ।
तत्कालिन नेकपा विघटनपछि पहिलो पटक प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । यो वार्ता नयाँ सरकार गठनको लागि निर्णायक हुने बताइएको छ ।
नेपाली काँग्रेसले चुनावअघिको सहमति कार्यान्वयन नगरेपछि गठबन्धन टुटेको हो ।