आज :

नेपाली काँग्रेसका कारण गठबन्धनको औचित्य समाप्तः प्रचण्ड 

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पाँच दलीय गठबन्धन टुटेको बताएका छन् । बालुवाटार बैठकबाट बाहिरिएर पार्टीका नेताहरुसँगको छलफलमा प्रचण्डले नेपाली काँग्रेसका कारण गठबन्धन टुटेको जानकारी गराए ।

काँग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै नछोड्ने अडान नछोडेसँगै आज बसेको गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । बालुवाटारबाट बाहिरिएका प्रचण्डले पार्टी नेताहरुसँग ब्रिफिङ गरेका थिए ।

नेताहरुका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसहमति पालना नगरेका कारण सहमति हुन नसकेको हो ।

यसैबीच काँग्रेस नेता रामचन्द्र पौडेलले पनि गठबन्धन टुटेको बताएका छन् । गठबन्धनको औचित्य सकिएको भन्द‍ै प्रचण्ड बैठकबाट बाहिरिएको पौडेलले जानकारी दिए । उता सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीले भने गठबन्धन टुटिनसकेको बताउँदै फेरि बैठक बस्ने संचारकर्मीलाई जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal