आज :

काँग्रेसले सहमति तोडेपछि माओवादी र एमालेबीच संवाद सुरु, प्रचण्ड र ओली भेट्दै

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनमा चुनावअघि भएको सहमति तोडेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच छलफल सुरु भएको छ । बालुवाटारमा भएको निर्णायक वार्तामा काँग्रेसले पुरानै अडान दोहोर्याएपछि सहमति भाँडिएको हो ।

काँग्रेस नेताहरुले प्रधानमन्त्री र राष्ट्रपति दुबै नछोड्ने अडान लिएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु बालुवाटारबाट बाहिरिएका छन् । सुरुमा प्रचण्ड बालुवाटारबाट निस्किएका थिए भने त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष र नेता झलनाथ खनाल पनि बाहिरिएका  थिए ।

यसैबीच नयाँ सरकार गठनको लागि माओवादी र एमाले नेताहरुबीच संवाद सुरु भएको छ । प्रचण्ड र ओलीबीच केही छिनमा भेट गराउने तयारीमा दोस्रो तहका नेताहरु लागेका छन् ।

केही दिनदेखि एमाले र माओवादीका दोस्रो तहका नेताहरुबीच अनाैपचारिक वार्ता भइरहेको थियो ।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal