आज :

प्रचण्ड र देउवाबीच बालुवाटारमा निर्णायक वार्ता, माधव नेपाल पनि पुगे 

  • अनलाइन डबली

काठमाडौं । नयाँ सरकार गठनको लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच निर्णायक वार्ता भइरहेको छ । देउवा र प्रचण्डबीच वान टू वान वार्ता भएको बताइएको छ ।

अध्यक्ष प्रचण्ड एक्लै बालुवाटार पुगेका थिए । त्यसअघि आइतबार विहान पदाधिकारी बैठक बोलाएर प्रचण्डले अब चाल्ने कदमबारे छलफल गरेका  थिए । पदाधिकारी बैठकले पनि शक्ति बाँडफाँडमा नझुक्न सुझाव दिएको थियो । एक नेताका अनुसार बरु सरकार बाहिर बस्ने तर राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको थियो ।

त्यसअघि कांग्रेसका नेता विमलेन्द्र निधि देउवाको सन्देश लिएर खुमलटार पुगेका थिए । प्रचण्डलाई भेट्न खुमलटार पुगेका निधिले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने अडान सुनाएका थिए ।

प्रधानमन्त्री देउवाले पनि विहान आफू निकट नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए ।

अहिले पनि प्रचण्ड र देउवाको छलफल चलिरहेको छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि बालुवाटार पुगेका छन् । देउवा र प्रचण्डबीच वान टू वान वार्ता चलिरहेकै बेला नेपाल पनि पुगेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal