आज :

देउवाले पूर्वसहमति तोडेपछि गठबन्धन संकटमा, काँग्रेसभित्रैबाट विरोध सुरु

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेसले चुनावअघि गरेको सहमति तोडेपछि पाँच दलीय गठबन्धन गम्भीर संकटमा परेको छ । चुनाव अघि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो प्रधानमन्त्री अन्तरगत पहिलो नेतृत्व गर्ने दलले राष्ट्रपति छोड्नु पर्ने सहमति गरेका थिए ।

तर चुनाव सकिएर नयाँ सरकार गठनबारे छलफलमा देउवाले पहिलो चरणमा आफूले नै नेतृत्व गर्ने र राष्ट्रपति पनि आफ्नै पार्टीको हुनुपर्ने अडानमा छन् । सुरुका दिनमा पहिलो चरणमा गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छोड्न सकारात्मक रहेको बताएका देउवा शक्ति बाँडफाँडको लागि तयार भएनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि प्रधानमन्त्रीको ‍लागि दाबी पेश गर्न दिएको समय आजै पाँच बजे सकिँदैछ । तर यो समाचार तयार पार्दासम्म गठबन्धनमा सहमति हुने संकेत देखा परेको छैन । नेताहरु अन्तिम छलफलमा जुट्ने तयारीमा छन् ।

एक नेताका अनुसार शनिबार बालुवाटारमा भएको बैठकमा पनि देउवाले आफूलाई पार्टीभित्रबाट प्रधानमन्त्री र राष्ट्रपति नछोड्न दवाव रहेको बताएका थिए । उनले जनमतको कदर गर्न समेत गठबन्धनका अन्य नेताहरुलाई आग्रह गरे । माओवादी र एकीकृत समाजवादीका नेताहरुले देउवा प्रधानमन्त्री हुँदाको जनमत र चुनाव अघिको सहमति सम्झाएका थिए । तर, त्यसबारे कुनै प्रतिक्रिया नदिएर आफ्नो अडानबाट पछि हटेनन् ।

देउवालाई प्रधानमन्त्री बनाउन भन्दै काँग्रेस सांसदहरुले हस्ताक्षर समेत संकलन गरिरहेका छन् । शुक्रबारबाट सुरु भएको हस्ताक्षर अभियान आज विहानसम्म चलिरहेको छ । शनिबार काँग्रेसकै सबै सांसदहरुले खाली कागजमा हस्तक्षार गर्न मानेन् ।

अपराह्न ४ बजेको गठबन्धन बैठकमा माओवादी र एकीकृत समाजवादीका नेताहरुले देउवालाई प्रधानमन्त्री वा राष्ट्रपति एक छोड्न भनेका थिए । तर, देउवाले नमानेपछि बैठक विना निष्कर्ष टुंगिएको थियो । देउवाले राष्ट्रपतिसँग थप समय माग्नबारे आफूले कुरा गरिरहेको बताएका थिए ।

यसैबीच देउवाले लिएको अडानबाट काँग्रेसभित्र नेता रामचन्द्र पौडैल र शशांक कोइराला असन्तुष्ट छन् । पौडेलले देउवा र प्रचण्डलाई भेटेर आफ्ना कुरा राखेका छन् ।

स्राेतका अनुसार पौडेलले पहिलो कार्यकाल प्रचण्डलाई छोड्न देउवालाई सुझाव दिएका छन् । उनले गठबन्धन भत्किए राजनीतिक अस्थिरतातिर जाने र संकट पैदा हुने बताउँदै राष्ट्रपति काँग्रेसले लिएर प्रचण्डलाई प्रधानमन्त्री छोड्नुपर्ने लविङ गरिरहेका छन् । कोइराला पनि पौडेलको कुरामा सहमत छन् । काँग्रेसभित्रको गठबन्धन विरोधी भनेर चिनिएका गगन थापा लगायतका नेताहरुले भने देउवालाई दुबै पद नछोड्न भनिरहेका छन्

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal