
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरुले शपथ लिएका छन् । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संसद भवन वानेश्वरमा शपथ खुवाएका हुन् । सांसदहरुले आआफ्नो मातृ भाषामा समेत लिएका छन् ।
शपथ खाएपछि सांसदहरुलाई लोगो प्रदान गरिएको थियो ।
ज्येष्ठ सदस्य जबराले सांसदहरुको स्वागत तथा सम्मानको लागि संसद भवन बाहिर चियापानको कार्यक्रम समेत आयोजना गरेका छन्।