
काठमाडौँ । नवनिर्वाचित सांसदहरुले शपथ लिने तयारीमा छन् । सांसदहरु आआफ्नै संस्कृति झल्किने पहिरनसहित संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुगिसकेका छन् । शपथ अघि सर्वदलीय बैठक समेत भएको थियो ।
सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको बैठकमा संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी भएको संसद सचिवालयले जनाएको छ ।
यसैबीच सांसदहरुले हिन्दीसहित मातृ भाषामा शपथ लिन पाउने भएका छन् । संघीय संसदका २७५ जना सांसदमध्ये २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ लिन लागेको संघीय संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारु, कोइरकोयू, मैथली, नेपाली खस, मधेसी भाषा, सन्याली भाषा, नेपाल भाषा, अवधि, नेपाली – मुस्लिम, हिन्दी र संस्कृत भाषामा शपथ लिन पाउने भएका छन् ।
शपथ सकिएपछि सांसदहरुको सम्मानमा चियापन कार्यक्रम राखिएको छ ।