आज :

२५ सांसदको मात्रै मत पाएपछि गगनले सरकारमा नजाने घोषणा गरे

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको नेतामा पराजित भएपछि नेता गगन कुमार थापाले सरकारमा नजाने घोषणा गरेका छन् । महामन्त्री समेत रहेका थापाले सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका थिए ।

बुधबार विहान भएको चुनावमा थापाले २५ सांसदको मात्रै मत पाए । थापाले पराजयपछि संचारकर्मीसँग कुरा गर्दै आफू सरकार नजाने घोषणा गरे । “कग्रेसको नेतृत्वमा सरकार बन्यो भने अरु साथीहरु जानु हुन्छ । कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने मेरो सोच हो म त्यसमा लागिरहन्छु । म कांग्रेसको महामन्त्री पनि हुँ र सांसद पनि हुँ । त्यही रुपमा आफूले गर्नुपर्ने काम गरिरहन्छु” थापाले भने ।

संसदीय दलको चुनावमा सभापति शेरबहादुर देउवाले ६४ मतसहित निर्वाचित भएका छन् भने थापाले २५ मत प्राप्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal