काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले शपथ लिने भएका छन् । राणाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज राणालाई शपथ खुवाउने भएकी छन् । आज दिउँसो १ राणाको शथप कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आज राणाले शपथ लिएपछि भोलि विहीबार अन्य सदस्यहरुलाई शपथ खुवाउने भएका छन् । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिन पुगेका छन् ।
सांसदहरुको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएपछि सोही अनुसार आज शपथको मिति तोकिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले जानकारी दिए । राणाले आज राष्ट्रपतिबाट शपथ लिएपछि बिहीबार अन्य सदस्यलाई संसद भवन नयाँ वानेश्वरमा शपथ गराउनेछन् ।