आज :

एमाले सांसदहरुको भेला आज, दलको नेतामा ओली निर्विकल्प

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित सांसदहरुको आज भेला आयोजना गरिएको छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुको संयुक्त भेला आयोजना गरिएको छ । भेलामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएर पराजित नेताहरु पनि सहभागी हुने बताइएको ५ ।

भेला कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको छ । भेलामा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षण दिइने एमालेले जनाएको छ ।

भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीमा सांसदहरुलाई प्रशिक्षण दिने छन् । उनले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भुमिकाका बारेमा सांसद र उम्मेदवारलाई निर्देशन दिने बताइएको छ ।

भेलामा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्य सहभागी हुनेछन् ।

नेकपा एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ वटा र समानुपातिक ३४ गरी कुल ७८ सिट प्राप्त गरेको छ । प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा विजय प्राप्त गरेको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते भित्र प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेसँगै पार्टीहरु दलकाे नेता चयनमा लागेका छन् । नेपाली काँग्रेस संसदीय दलको नेताको लागि भाेलि चुनाव हुन भएको छ ।

माओवादी केन्द्रले पनि छलफल सुरु गरेको छ । माओवादीमा प्रचण्ड निर्विकल्प भएजस्तै नेकपा एमाले पनि अध्यफ केपी शर्मा ओलीको विकल्प छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal