आज :

प्रचण्डले भने– १० गतेभित्रै गठबन्धनबाट नयाँ प्रधानमन्त्री, एमालेसँग सरकारबारे छलफल भएको छैन

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रचण्डले राष्ट्रपतिले आह्वान गरेकै समयसीमा भित्र देशले नयाँ प्रधानमन्त्री पाउने बताएका छन् ।

सोमबार चितवन संचारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने भन्दै कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको समेत बताए ।

प्रचण्डले गठबन्धनमा छलफल गरेर प्रधानमन्त्री को बन्नेबारे टुंगो लगाउने बताउँदै आफूले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक भएपनि प्रचारमा आएजस्तो औपचारिक रुपमा प्रस्ताव नगरेको दाबी गरे ।

संचारकर्मीको प्रश्नको जवाफ दिँदै प्रचण्डले माओवादीले नेकपा एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको पनि बताए । उनले छलफल सबैसँग चलेपनि एमालेसँग त्यो स्तरको छलफल समेत नभएको बताए ।

त्यसैगरी अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्रीका लागि सवै चिज दाउमा नराख्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal