आज :

देउवाले प्रचण्डलाई भने- तपाईँलाई प्रधानमन्त्री बनाउन तयार छु

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताएका छन् । शनिबार दिउँसो देउवा र प्रचण्डको भेट वार्ता भएको थियो ।

बालुवाटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । जवाफमा देउवाले गठबन्धनमा सहमति भए आफू तयार रहेको बताएका हुन् । प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै देउवासँग अब आफूलाई छोड्न आग्रह गरेका थिए ।

स्रोतका अनुसार देउवाले आफू सकारात्मक भएको तर गठबन्धनको सहमति आवश्यक रहेको बताउँदै आफूले बैठकमा राख्ने प्रचण्डलाई आश्वासन दिएका थिए । प्रचण्ड र देउवाबीच पहिलो पटक औपचारिक रुपमा सरकारको नेतृत्वबारे छलफल सुरु भएको छ ।

काँग्रेसभित्र पनि प्रधानमन्त्रीको लागि धेरै आकांक्षी रहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि गगन थापासम्मले प्रधानमन्त्रीको लागि दाबे गरिरहेका छन् । चुनावी परिणामसम्म मौन बसेका शशांक कोइरालाले पनि आफ्नाे पनि देबी पेश गरेका छन् । उनले संसदीय दलको नेताको उम्मेदवार बन्ने बताइसकेका छन् ।

महामन्त्री गगन कुमार  थापाले आफूले संसदीय दलको नेताको लागि उम्मेदवारी दिने बताउँदै आएका छन् । काँग्रेसमा दलको नेताको दाबी गर्नु भनेको प्रधानमन्त्रीको दाबी गर्नु हो । जसले संसदीय दलको नेता बन्छ उ नै प्रधानमन्त्रीको पहिलो दाबेदार हुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal