आज :

एकीकृत समाजवादीले दलको कार्यालय पाउने तर सचेतक नपाउने 

  • अनलाइन डबली

काठमाडौं । मंसिर ४ सम्पन्न चुनावमा प्रत्यक्षतर्फ १० सिट जितेर पनि थ्रेस होल्ड कटाउन नसकेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको कार्यालय पाउने तर सचेतकको सुविधा नपाउने भएको छ । राजनीतिक दल सम्बन्धी एेनमा समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउने दल मात्रै राष्ट्रिय पार्टी बन्ने र सचेतकको सुविधान नपाउने व्यवस्था गरिएको छ ।

थ्रेस होल्ड कटाएका ७ राजनीतिक पार्टीले मात्रै सचेतकसहितको सुविधा पाउने भएका छन् । तर एकीकृत समाजवादी  सहित दश वटा दलले संसदीय दलको सुविधा पाउने भएका छन् । नेकपा एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादीले दलको कार्यालय पाइसकेको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को यसअघि रहेकै स्थानमा संसदीय दलको कार्यालय रहनेछ । त्यस्तै रवि लामिछानेको पार्टी, राप्रपा, नागरिक उन्मुक्ति र सिके राउतको जनमत पार्टीलाई नयाँ कार्यालयको व्यवस्था गर्न लागिकएको संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी एक सिट जित्ने जनमाेर्चा र मजदूर किसान पार्टी र स्वतन्त्र सांसदहरुले पनि कार्यालय पाउने भएका छन् । उनीहरुले एक कोठाको कार्यालय र एकजना कर्मचारी पाउने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal