
काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आजबाट सडक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेकपाले पहिलो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारले नेकपालगायत राजनीतिक शक्तिसँग भएका सहमति कार्यान्वयन गर्न अध्यादेश ल्याएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगर्ने संकेत गरेकी छन् । उक्त अध्यादेश कारागारमा रहेका नेताहरुमाथि लगाइएका मुद्धा फिर्ता लिन ल्याइएको थियो ।
शान्तिपूर्णरुपमा दवाव दिँदा सहमति कार्यान्वयन नभएकोले आफूहरु आन्दोलनमा जान बाध्य भएको नेकपाले जनाएको छ । पहिलो चरणको कार्यक्रमबाट सहमति कार्यान्वयन नभए नेपाल बन्दलगायतका कार्यक्रम जाने नेकपाले चेतावनी दिएको छ ।
नेकपाले आज (पुस १ गते) देखि ५ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने भएको छ ।
पुस १ गतेः देशव्यापी गाउँदेखि सरहसम्म विरोध प्रदर्शन ।
पुस २ गतेः कोणसभा ।
पुस ३ गतेः जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया ।
पुस ४ गतेः देशैभर मसाल जुलुस ।
पुस ५ गतेः बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम ।