आज :

आयोगले राष्ट्रिपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन, नयाँ सरकार गठनबारे छलफल

  • अनलाइन डबली

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । बिहीबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यही मंसिर ४ गते सम्पन्न निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् ।

अब राष्ट्रपति कार्यालयले संघीय संसद सचिवालयलाई नवनिर्वाचित सांसदहरूको विवरण पठाउने छ । प्रदेशसभाका प्रमुखलाई पनि नयाँ निर्वाचित प्रदेशसभा सदस्यका विवरण बुझाउने आयोगले तयारी गरेको छ ।

संविधानको धारा ९३ को उपधारा (१) मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संसद बैठक आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ ।

जेष्ठ सदस्यले शपथ खुवाउनु अघि उनले पनि राष्ट्रपतिबाट सपथ लिनुपर्ने हुन्छ । जेष्ठताका आधारमा राप्रपाबाट समानुपातिकतर्फबाट आएका पशुपतिशमशेर जबराले सांसदहरूको सपथ गराउने भएका छन्। थापा अहिले ८१ वर्षका भएका छन् ।

नयाँ सरकार गठनको लागि दलहरुलाई औपचारिक रुपमा छलफल गर्ने बाटो खुलेको छ । अब सरकारले राष्ट्रपतिलाई संसद बैंठक आह्वान गर्न सिफारिस गर्नेछ । उक्त बैठकमा जानुअघि जेष्ठ सदस्यले नवनिर्वाचित सांसदहरुलाई सपथ गराउनु पर्ने कानूनी व्यवस्था छ ।

कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपा १४, जसपाले १२, नेकपा एकीकृत समाजवादीले १०, जनमत पार्टीले ६ सीट जितेको छ । लोसपाले ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १-१ सीट जिते भने ५ स्वतन्त्र सांसद बनेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख चयन गर्ने भएकाे छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal