आज :

‘नेपाली कम्युनिस्ट आन्दोलन पुनर्गठन नगरे अस्तित्व समाप्त हुन्छ’

  • अनलाइन डबली

काठमाडौँ । एक कार्यक्रमका वक्ताहरुले नेपाली कम्युनिस्ट आन्दोलन पुनर्गठनकाे आवश्कता भइसकेकाे बताएका छन् । उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राखे । वक्ताहरूले कम्युनिस्ट आन्दोलन पुनर्गठन नगरे अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन् ।

संवाद डबलीमा बुधबार आयोजित ‘कम्युनिस्ट पार्टीहरुको पुर्नगठनको आवश्यकता र औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले नेपाली कम्युनिस्ट संकटतर्फ उन्मुक भएको बताउँदै पुनर्गठनकाे आवश्यकता रहेको बताए । उनले नेपाल र नेपाली जनताको मुक्ति चाहने क्रान्तिकारी कम्युनिस्टहरू, सच्चा लोकतन्त्रवादीहरू, राष्ट्रवादीहरू, प्रगतिशील तप्काहरू एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै बुढाथोकीले विचार मिल्नेहरुबीच एकता र नभए न्यूनतम कार्यक्रममा सहकार्य गर्न सक्नेहरुबीच सहकार्यको आवश्यकता रहेको बताए । उनले आफूहरु पुर्नगठनको अभियान सुरु गरेको बताए । कम्युनिस्ट पार्टीहरु पुर्नगठन नभए अर्को चुनावसम्म पत्तासाप हुने बताए ।

नेकप (समाजवादी) का अध्यक्ष राजु कार्कीले श्रमजीवी जनता र राष्ट्रियताको रक्षाको लागि नेपाली कम्युनिस्ट आन्दोलनको पुर्नगठनको आवश्यकता बढ्दै गएको बताए । उनले नेपालमा भएको पटकपटकका आन्दोलन तथा क्रान्तिमा नेताहरुले धोका दिएका कारण आफूहरुले नयाँ अभियान थालेको बताए । ठूला भनिएका कम्युनिस्ट पार्टीहरु सत्ताको भागबण्डा नमिल्दा एक हुन नसकेको समेत बताए ।

त्यसैगरी कार्यक्रममा नेकपा परिवर्तनका अध्यक्ष जोगमान लामाले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर भएको कारण प्रतिक्रियावादी तथा यथास्थितिवादी शक्तिहरु बलियो बन्दै गएको बताए । कम्युनिस्ट पार्टीप्रति जनताको अपेक्षा र भरोसा बढी भएको तर नेताहरुले धाका दिएकाले विश्वास घट्दै गएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal