आज :

७ दल बने राष्ट्रिय पार्टी, ४० दल र ४ हजार २ सय ८५ जना उम्मेदवारकाे धरौटी जफत

  • अनलाइन डबली

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । बुधबार आयोगले पत्रकार सम्मेलनको आयोजना गरेर अन्तिम परिणाम सार्वजनिक गरेको हो । आयोगले ७ दल राष्ट्रिय पार्टी भएको र ४० दलको धरौटी जफत भएको समेत जानकारी दिएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार उम्मेदवारी दिएका ४ हजार २ सय ८५ जनाको धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभातर्फ १ हजार ९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको थपलियाले जानकारी दिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा ६१ दलका २ हजार ४ सय १२ उम्मेदवार थिए ।

त्यसैगरी प्रदेशसभामा ३३० सिटका लागि प्रत्यक्षमा ३ हजार २ सय २४ जनाले उम्मेदवारी दिएका थिए । आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको कानुनी व्यवस्था अनुसार धरौटी जफत भएको आयोगले जनाएको ।

आयोगले प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी जम्मा गर्नु व्यवस्था गरेको थियो । आयोगले महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा जफत धरौटी रकममा पचास प्रतिशत छुट हुने जनाएको छ ।

त्यसैगरी समानुपातिकतर्फ ४० वटा दलको धरौटी जफत भएको छ । समानुपातिकतर्फ ४७ दलले बन्दसूची बुझाएका थिए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम यस निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal