आज :

फनिन्द्ररत्न लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुँदै

  • अनलाइन डबली

मंसीर २७,काठमाडौं । शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने बज्राचार्यहरुलाई दिईँदै आएको वल्र्ड बज्राचार्य अवार्डस्को दोश्रो संस्करण आउँदो पुस २ गते हुने भएको छ । आउँदो पुस २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक भव्य समारोहकाबीच बज्राचार्य अवार्ड वितरण गर्न लागिएको हो ।
शैक्षिक क्षेत्रमा केन्द्रीत हुँदै बज्राचार्य समुदायमा वितरण गरिँदै आएको अवार्डमा यस पटक सय भन्दा बढि विद्यार्थीहरु पुरस्कृत हुन लागिएको कार्यक्रम संयोजक शैलेन्द्रमान बज्राचार्यले बताउनुभयो । कार्यक्रममा एस.ई.ई. देखि स्नातकोत्तर तहसम्म हरेक संकायको हरेक विधामा उच्च अङ्क ल्याइ उत्तीर्ण हुने बज्राचार्यहरु अवार्डबाट पुरस्कृत हुनेछन् । यसैगरी, पि. एचडी. पूरा गरेका, नेपालभाषा र बुद्धिष्ट विषयमा उत्तीर्ण भएका हरेक बज्राचार्य विद्यार्थीलाई अवार्ड प्रदान गरिनेछ । विश्वका विभिन्न कुनाकाप्चामा बसोबास गरेर बसेका पाँच सय बढि बज्राचार्यहरुले अवार्डका लागि आफ्नो नाम दर्ता गराएका थिए ।
त्यसैगरी अवार्डको दोश्रो संस्करणमा बौद्ध विद्वान फनिन्द्ररत्न बज्राचार्य लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुँदैछन् । बौद्ध धर्म, संस्कारको क्षेत्रमा लामो समयदेखि अनवरतमा रुपमा दिँदै आएको योगदानको कदर स्वरुप बज्राचार्यलाई सम्मान गर्न लागिएको आयोजक बज्राचार्य क्लबले जनाएको छ । त्यस्तै, बौद्ध सम्पदा संरक्षण, जिर्णोद्धार साथै पुनर्निर्माण र बुद्ध शिक्षा प्रचार प्रसारमा विशिष्ट योगदान पु¥याएको भन्दै काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यलाई विशेष सम्मानबाट सम्मानित गर्न लागिएको छ ।
बौद्ध सम्पदा र शिक्षाप्रति युवा पुस्तामा जागरण ल्याउने उद्देश्यले अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको संयोजक शैलेन्द्रले बताए । क्लबका अध्यक्ष सर्जु बज्राचार्यले यो अवार्ड शैक्षिक क्षेत्रमा केन्द्रीत रहेको र भविष्यमा विभिन्न क्षेत्रमा योगदान दिने बज्राचार्यहरुको सम्मानको लागि अलग अलग कार्यक्रमको आयोजना गर्ने योजना रहेको पनि सुनाए । ‘अहिले हामी शैक्षिक क्षेत्रमा केन्द्रीत छौं, भविष्यमा बज्राचार्य स्पोर्ट्स अवार्ड, बज्राचार्य बिजनेस अवार्ड आदि पनि गर्ने हाम्रो योजना छ’ अध्यक्ष सर्जुले बताए ।
प्रत्येक दुई वर्षमा आयोजना गर्ने भनिएको अवार्डको पहिलो संस्करण सन् २०१९ मा भएको थियो । दोश्रो संस्करण कोभिड महामारीका कारण तीन वर्षपछि मात्र हुन लागेको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal