आज :

गाउँपालिका राष्ट्रिय महासंघको कोषाध्यक्षमा भट्ट निर्वाचित

  • अनलाइन डबली

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशन सकिएको छ । तेस्रो महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ ।

महासंघको कोषाध्यक्षमा माओवादी केन्द्रका युवा नेता तथा डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट निर्वाचित भएका छन् । उनले गाउँपालिका अध्यक्षको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा भट्ट उत्कृष्ट पालिका बनाउन सफल भएका  थिए ।

महाधिवेशनले अध्यक्षका नेपाली काँग्रेसबाट निर्वाचित निर्वाचित नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई पठाउने भएको छ ।

त्यसैगरी महासचिवमा नेकपा एमालेबाट निर्वाचित स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारलाई पठाउने भएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal