आज :

समानुपातिकबाट निर्वाचित सांसदका सूची सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी

  • अनलाइन डबली

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तरगत समानुपातिकबाट निर्वाचित हुने सदस्यहरुको अन्तिम सूची सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । सोमबारै सूची सार्वजनिक गर्ने भनिएपनि समय अपुगका कारण देखाउँदै आयोगले अन्तिममा गरेन ।

समानुपातिकतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेका अनुसार आयोगले निर्वाचित भएको घोषणासँगै सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने तयारी समेत गरेको छ ।

दलहरुले प्राप्त गरेको मतका आधारमा आयोगले नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्र १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५–५ सिट प्रदान गरिसकेको थियो । त्यही संख्याका आधारमा दलहरुले बन्दसूचीबाट अन्तिम नामावली आयोगमा पेश गरेका थिए ।

समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal