
काठमाडौं। सरकारले ल्याएको अध्यादेशको सत्तारुढ पार्टीकै नेताहरुले विरोध जनाएका छन् । सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्याएका रेशम चौधरीलाई माफी दिनु राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको बताएका छन् ।
नेता काेइरालाले कानुनी शासन, संसदीय प्रणालीको समेत उपहाससँगै भाेलिका दिनमा गलत नजिर बस्ने समेत बताएका छन् ।
यस्ताे छ काेइरालाकाे स्टाटसफ
अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो।
आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।