काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी आजै रिहाई हुन लागेको भन्दै स्वागतको तयारी भइरहेको छ । तत्कालिन टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका चौधरीलगायतका मुद्धा फिर्ता लिन सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश हिजो सरकारले मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
चौधरीलाई सरकारले आजै रिहाई गर्ने खबर पाएको भन्दै पत्नी रञ्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता कारागार बाहिर जम्मा भइरहेका छन् ।
सरकारले ल्याएको अध्यादेशको चौतर्फी विरोध भइरहेको छ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरुले अध्यादेशको विरोध जनाएका छन् ।
नागरिक उन्मुक्ति पार्टीले चुनावमा अत्यासित सफलता पाएसँगै सत्ता गठबन्धन र अन्य दलका नेताहरुले कारागारमै गएर चौधरीलाई समेत भेटेका थिए ।


अनलाइन डबली



