काठमाडौँ। नेपालभाषामा नयाँ चलचित्र ‘ तीब: ’ निर्माण हुने भएको छ। आज आयोजित एककार्यक्रम बीच यस चलचित्रको शुभमुहुर्त गर्दै चलचित्रको विभिन्न पक्ष बारे जानकारी दिइएको छ। सामाजिक परिवेसमा आधारित यस चलचित्रमा मनोरंजनको पक्षलाइ समय सपेक्ष् रुपमा प्रस्तुत गर्ने उदेस्य रहेको निर्माता सरजु रंजित र समिता रंजितले बताउनु भयो।
वाल्ड वुल्स प्रोडक्सन , अमर चित्रकार तथा सुबिना चित्रकारको पोष्ट प्रोडक्समा यो चलचित्र निर्माण हुने छ। ओम शंकर श्रेष्ठको कथामा वरिष्ट सिने निर्देशक रवि सायमीको निर्देशनमा कलाकारहरु सुसिल राजोउपाध्याय, आशाकाजि थकु ,संध रत्न शाक्य ,पुस्करभक्त माथेमा, कृष्णभक्त महर्जन ,सरस्वती मानन्धर , मैया मुनिकार ,सुनिता ठाकुर , कन्चन तुलाधर ,गङ्गा महर्जन ,बिज्ञान पक्का ,मनोज महर्जन ,हसना महर्जन ,रेइना महर्जन आदि कलाकरको भूमिका रहने छ।
चलचित्रको गीतमा राजेन्द्र महर्जन ,ओम शंकर श्रेष्ठ र शुसिल राजोउपाध्यायको रचनामा , शिव शाही र भुपेन्द्र बज्राचार्यको संगीतमा सरजु रंजित र सतिस महर्जनको स्वर रहने छन्। यो नयाँ चलचित्र आगामी बर्षमा छायांकन सकि प्रदर्शन गरिने निर्माता पक्षले जनाएको छ।