आज :

गृहमन्त्री खाँणकी पत्नीसहित काँग्रेसका ३२ जना समानुपातिक सांसद यी हुन्

  • अनलाइन डबली

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभामा सदस्यमा पराजित भएपनि उनकी पत्नी भने मञ्जु भने समानुपातिक सांसद भएकी छन् । नेपाली काँग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदमा प्रधानमन्त्री पत्नी आरजु राणा र मञ्जुको पनि नाम टुंगो लगाएको हो ।
काँग्रेसको शनिबार केन्द्रीय कार्यसम्पदान समिति बैठकले प्रतिनिधि सभासँगै प्रदेश सभाका समानुपातिकको नाम टुंगो लगाएर निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभासँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुंगिएको छ ।

प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिटमध्ये कांग्रेसले ३ जना र २९ जना महिला पठाउनु पर्ने छ । पत्यक्षमा महिलाको संख्या कम भएका कारण समानुपातिकबाट पठाउदा पुरुष उम्मेदवार मर्कामा परेका छन् ।

खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पूर्व उपसभापति गोपालमान श्रेष्ठ, मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियार थिए । यस्तै थारु पुरुषतर्फ योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै सहमहामन्त्री फरमुल्लाह मन्सुर थिए । तर बढीमा तीन जना मात्र पठाउन पाउने भएपछि नाम टुंगो लगाउन सहज थिएन ।

प्रत्यक्षतर्फ दलित समुदायबाट एक जना पनि उम्मेदवार नबनाएकाले सहमहामन्त्री जीवन परिवारलाई पठाउनुपर्ने डा. शेखर कोइराला समूहले दवाव दिएको थियो । बाँकी २ सिटमा सभापति देउवाले प्रकाशशरण महत र विमलेन्द्र निधिलाई सिफारिस गरेका छन् । चर्चामा रहेका गोपालमान श्रेष्ठ, योगेन्द्र चौधरी र फरमुल्लाह मन्सुर समानुपातिक सांसद बन्न पाएनन् ।

महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु सांसद भएकी छन् । कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ । प्रसाईं, गौतम र रावल संस्थापन इतर पक्षका हुन् भने बाँकी देउवा समूहका हुन् ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम ९लिम्बू०, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ। बोखिम, राजभण्डारी र थापा मगर संस्थापनइतर समूहका हुन् ।

त्यसैगरी दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् भने मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal