आज :

अहिलेको चुनावमा जनताले कम्युनिष्टहरुलाई कारवाही गरे : धर्मेन्द्र बास्तोला

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले अहिलेको चुनावमा नेपाली जनताले कम्युनिष्टलाई कारबाही गरेको बताएका छन् ।

शुक्रबार काठमाडौँको संवाद डबलीमा योजना गरिएको “नेपाली कम्युनिष्ट आन्दोलनको आगामी दिशा” बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपालका कम्युनिष्ट भन्नेहरु चाहे त्यो एमाले होस् या माओवादी केन्द्र, यिनीहरुले आफ्नो सिद्दान्त र नीति छोडेका कारण चुनावमा जनताले मतदान नगरेर उनीहरुलाई कारबाही गरेको कञ्चनले दाबी छ ।

अहिलेको नेपालको कम्युनिष्ट आन्दोलन पथ भ्रष्ट भएको भन्दै अहिले नेपालमा कम्युनिष्ट भन्ने पार्टीहरुले सामान्ती प्रकारको ब्यबहार गर्ने, आफ्नो सर्बहारा बर्गीय धर्मबाट च्युत हुने र दलाल, भ्रष्टहरुलाई पोस्ने कार्य गरेका कारण जनताले सबक सिकाएको बताएका छन् ।

यदि संसदवाद नेपालमा रहिरह्यो भने कम्युनिष्टको नाममा भोट थाप्नेहरु सबै नेपालबाट नामेट भएर जाने समेत उनले बताएका छन् । त्यसकारण नेपाल र नेपालीको हित चाहाने हो भने नेपालका सम्पूर्ण कम्युनिष्टहरुको एकता र ध्रुविकरणको जरुरी भएको उनको भनाइ छ ।

नेपालका कम्युनिष्ट भन्ने पार्टीहरु प्राय साम्राज्यवादी र बिस्तारवादीहरुको चाटुकार बन्ने गरेका कारण जनतामा कम्युनिष्टप्रति बितृष्णा जागेको भन्दै कञ्चनले नेपालमा मात्र नभएर विश्वभर नै क्रान्तिकारीहरुका लागि परिस्थिति अनुकुल बन्दै गइरहेकाले सबै कम्युनिष्टहरुलाई एक्रिकृत र ध्रुविकृत बन्न आग्रह गरेका छन् ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका प्रबक्ता हरिभक्त कंडेलले नेपालमा बिजय उन्मुख भैसकेको क्रान्तिलाई नेतृत्वको आत्मसुरक्षा र आत्मसमर्पणका कारण बिसर्जन गरिएको र नेपाली जनतामाथि ठुलो धोका भएको भन्दै आम नागरिकको मुक्तिका लागि आफुहरु अझै पनि लागि परेको बताएका छन् ।

कार्यक्रममा नेकपा मशालका प्रबक्ता राम बहादुर बुढाले नेपालमा अधुरो रहेको क्रान्तिलाई पुरा गर्नका लागि सम्पूर्ण बामपन्थी र क्रान्तिकारीहरुको एकताको आवश्यकता रहेको बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका संयोजक नारायण शर्माले स्वागत मन्तब्य राखेका थिए । यस्तै अखिल नेपाल जनसांस्कृतिक महासंघका संयोजक खेम थपलियाले सञ्चालन गरेको कार्यक्रमका अध्यक्षता प्राध्यापक जगदीश चन्द्र भण्डारी रहेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal