आज :

स्ववियु निर्वाचनको तालिका प्रकाशित: फागुन २७ गते उम्मेदवारी, चैत्र ५ गते मतदान

  • अनलाइन डबली

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ-संगठन-समूह दर्ता, २ गते मतदाता सूची प्रकाशित र २५ गते दिनको १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने समय छुट्याइएको छ । सोही दिन बेलुका ५ बजेसम्म मतदाता सूचीउपरको दाबी विरोधमा छानविन गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।

त्यस्तै, २६ गते उम्मेदवारको लागि मनोनयन वितरण, २७ गते मनोनयन दाखिला र उम्मेदवारको नामावली प्रकाशन गर्ने समय छुट्याइएको छ । २८ गते उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, सोही दिन दाबी विरोध छानविन गरी नामावली प्रकाशन गरिने, २९ गते उम्मेदवारी फिर्ता लिने अन्तिम समय तोकिएको छ ।

दुवै तर्फको उम्मेदवारी फिर्ता लिने अन्तिम सकिएसँगै सोही दिन नामावली प्रकाशन गरिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal