आज :

यसकारण क्रान्तिकारीको अध्यक्षमा मेरो उम्मेदवारीः विजय सापकोटा

  • अनलाइन डबली

काठमाडौं । अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनमा केन्द्रीय अध्यक्ष पदमा विजय प्रकाश शर्मा सापकोटाले उम्मेदवारी दिएका छन् । उनले भिन्न–भन्नै स्वभाव र प्रतिभालाई एकीकृत गरेर संगठनलाई अगडी बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

देशमा व्याप्त शैक्षिक अराजकता,व्यापारिकरण तथा माफियाकरण विरुद्ध डटेर लड्ने संकल्पका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको सापकोटाको भनाई छ । “गुट विहीन अखिल (क्रान्तिकारी) निर्माणका लागि संकल्प गर्दै २३ औँ राष्ट्रिय सम्मेलनको नेतृत्व निर्माणको लागि मेरो नेतृत्वको टिमलाई अमूल्य मतदान गरी विजय गराउनुहुन हार्दिक अनुरोध गर्दछु ।” सापकोटाले भने ।

विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक बहस र सहभागिताको आवश्यकतामा उनको जोड छ । ‘त्यसो त यसअघि माओवादी अध्यक्ष प्रचण्डले सकेसम्म सापकोटालाई अध्यक्ष बनाएर सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएको थियो ।’ सपाकोटा निकट स्रोतले बतायो । सापकोटालाई अध्यक्ष बनाएर सहमतिमा नेतृत्व चयनको प्रयास सफल हुन नसक्दा अन्ततः क्रान्तिकारी विधार्थीहरू नेतृत्व चयन निर्वाचनबाटै गर्न तयार भएका हुन् । सापकोटा यसअघि संगठनको उपमहासचिव थिए ।

उनले आफुलाई मत किन दिने भन्ने व्याख्या गर्दै समाजवादी मोडलको शिक्षा र संगठन विस्तारको कार्यक्रम अघि सारेका छन् । शैक्षिक नीति निर्माणमा विधार्थीहरूको संलग्नता, शिक्षामा समानताको सुनिश्चितता, शिक्षाको गुणस्तर सुधारमा जोड, सचेतना र वकालत अभियान, शैक्षिक असमानताको विरोध, स्वायत्तता र आत्मनिर्भरता, शिक्षा र सेवा विस्तारमा एआई लगायत डिजिटल प्लेटफर्मको प्रयोग, सार्वजनिक संवाद र बहसको प्रवद्र्धन, ग्रासरूट लिडरसिप विकास लगायतका मुलभूत एजेण्डासहित सापकोटा नेतृत्वको लागि मैदानमा छन् । ३२ वर्षे उमेरहद लागेपछि पहिलोपटक क्रान्तिकारी विधार्थी संगठनमा नेतृत्व चयनको लागि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal