आज :

सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार प्रदान

  • अनलाइन डबली
 मंसीर २१ ,काठमाडौं। शताब्दी पुरूष सत्यमोहन जोशीज्युको स्मृतिमा नेपालभाषा मंका: खल: यलद्वारा स्थापित पहिलो “सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपा ” भाषाकर्मी साहित्यकार फणीन्द्र रत्न बज्राचार्यलाई प्रदान गरिएको छ । राष्ट्रपति भवनको सभाकक्षमा आयोजित भव्य समारोहबीच सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीका बाहुलीबाट दोसल्ला ओडाई कलात्मक प्रमाणपत्र र ५१ हजार नगद राशीसहित उक्त पुरस्कार बज्राचार्य ससम्मान प्रदान गरिएको हो । आफ्नो मातृभाषामा १७ भन्दा अधिक पुस्तकको लेखन, प्रकाशन गर्नुभै नेपालभाषा र साहित्य विधामा उहाँले दिनुभएको अतुलनीय योगदानको कदर स्वरूप बज्राचार्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपालभाषा उत्थान कार्यमा निरन्तर लाग्नुभएका अध्येयता, भाषाकर्मी, लेखक मध्ये एकजनालाई बार्षिक रूपमा सम्मानित गर्ने उद्देश्यका साथ उक्त पुरस्कार स्थापना गर्न नेपालभाषा मंका: खल: यलले हालै अक्षयकोष स्थापना गरेको बुझिएको छ ।
नेपालभाषा मंका: खल: यलको ४४औं स्थापना दिवसको उपलक्ष्यमा यस विशेष कार्यक्रमको आयोजना राष्ट्रपति भवनमा आयोजनाको सुअवसर प्राप्त भएको सहसचिव राजु ताम्रकारले जानकारी दिनुभयो । कार्यक्रममा मंका: खल: यलका संस्थापक अध्यक्ष क्षत्र बहादुर कायस्थलाई पनि नगद राशी १०हजार सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । नेपालभाषा साहित्य र संस्कृतिका बिषयमा निरन्तर लेख रचना र पुस्तक प्रकाशन मार्फत उहाँले दिदैं आउनुभएको योगदानया कदर स्वरूप संस्थापक अध्यक्ष कायस्थलाई सम्मानित गरिएको बताइएको छ । कार्यक्रममा ललितपुर वा यल नगरको प्रतिनिधित्व प्रधानपन्चंदेखि मन्त्रीको भुमिकामा सम्म रहि जनताको सेवा गरेका बुद्धिराज बज्राचार्य र बौद्ध धर्मका उपासक मोतिलाल शिल्पकार गरि दुई जनालाई संस्थाका मानार्थ सदस्यताको प्रमाणपत्र पनि हस्तान्तरण गरिएको छ ।
मानार्थ सदस्यमा सम्मानित बज्राचार्य ललितपुर बिकासको लागि समाज संस्था स्थापनामार्फत पाटनका मूर्त साँस्कृतिक सम्पदाहरु पुनर्निमाण कार्यमा जेष्ठ नागरिक ब्यक्तित्व हुनुकासाथै नेपालभाषा मंका: खल:यलका संस्थापक मध्ये हुनुहुन्छ।
त्यस्तै अर्का जेष्ठ नागरिक मोतिलाल शिल्पकार बौद्ध धर्मका अनुयायी , उपासक र प्रचारक हुन्हुन्छ । उहाँले नेपालका अधिक बिहार, गुम्बाहरुमा भगवान बुद्धका प्रतिमाहरु स्थापना गर्दै बुद्ध धर्ममा उल्लेख्य योगदान दिदैं आउनु भएका छन । नेपालभाषा मंका: खल: यलका तर्फबाट देशकै तारासमान बाङ्मय शताब्दी पुरुषका नाममा स्थापना गरिएको अक्षयकोषमा ५०हजार भन्दा बढी आर्थिक सहयोग दिनुभै कोषको श्रीबृद्धि गर्नुहुने महानुभावहरुलाई पनि सम्माननीय राष्ट्रपतिबाट प्रमाणपत्र गराईएको थियो । छोटो अवधिमै हालसम्म ८ लाख संकलित भएको जनाउंदै मंका: खल: यलका अध्यक्ष हिराकाजी महर्जनले मातृभाषा बिकासको निम्ति निरन्तर प्रगतिशील रहन अक्षयकोष श्रीबृद्धि गर्नमा इच्छुक महानुभावहरुलाई सहयोगकालागी अनुरोध गरेका छन । राष्ट्रपति भवनमा सम्पन्न उक्त पुरस्कार कार्यक्रममा मंका: खल: यलको स्थापना दिवसको उपलक्षमा आयोजित २ दिने खुल्ला बुद्धिचाल प्रतियोगिताका प्रथम, द्वितीय र तृतिय स्थानमा बिजयी २ महिला र पुरुषहरुलाई पनि नगदसहित पुरस्कार बितरण गरिएको थियो ।
नेपालभाषा मंका: खल: यलको स्थापना दिवसको उपलक्ष्यमा सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न नेपालभाषा साहित्य सिरपा कार्यक्रममा स्वागत मन्तब्य सचिव महेन्द्र महर्जनले दिनुभएको थियो । त्यस्तै पुरस्कार समितिका संयोजक पुष्पराज राजकर्णिकारले यसको उध्येश्यमाथि प्रकाश पारेका थिए । विशेष अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगर र सत्यमोहन जोशीको जीवनी उपर चर्चा गरेका थिए । प्रमुख अतिथीका रूपमा सम्बोधन गर्नुहुँदै सम्माननीय राष्ट्रपगति विद्या देवी भण्डारीज्युले नेपाल देशको पहिचान दिलाउन यहाँको नेवाः रण्जना लिपिको महत्व केलाउंदै नेवा: सभ्यता, नेवा: संस्कृति , रहनसहन नेपालीहरुको महत्वपूर्ण गहनाको रूपमा रहेको बताउनुभयो । नेपाल सरकारले मूलूकभरिका सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता दिइसकेकाले यसलाई थप बिकसित बनाउन आवश्यक प्रयोग गर्न पनि उहाँले अनुरोध गर्नुभयो । सम्माननीय राष्ट्रपतिको समुपस्थितिमा मंका: खल: यलका सहसचिव राजु ताम्राकारले संचालन गर्नुभएको उक्त पुरस्कार बितरण समारोहमा प्रतिनिधि सभाका नव निर्वाचित सदस्य मा. प्रेम बहादुर महर्जन , बाग्मति प्रदेश सभाका सदस्य मा. रामकृष्ण चित्रकार, मा. रामेश्वर श्रेष्ठ , मा. प्रेम महर्जन, ललितपुरका बिभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधिहरु, भाषाकर्मी अभियन्ताहरु, मंका:खल:का भूतपूर्व अध्यक्षहरु, आजीवन सदस्यहरु, राजनीतिक पार्टीका प्रतिनिधि लगायत बिभिन्न टोलका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal