आज :

यो चुनावमा विदेशी शक्तिको सबैभन्दा बढी चलखेलः देव गुरुङ 

  • अनलाइन डबली

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले हालै सम्पन्न चुनावमा विदेशी शक्ति‍केन्द्रहरु सक्रिए रहेको बताएका छन् । विहीबार विहान रेडियो मिर्मिरेसँगको कुराकानीको क्रममा गुरुङले राष्ट्रियता तथा जनजीविकाका सवाल सबैभन्दा बढी उठाएकोले विदेशी शक्तिहरु यो चुनावमा खुलेर माओवादी केन्द्रका विरुद्ध उभिएको बताए ।

गुरुङले लोकतन्त्रमा दलको जन्म हुनु स्वाभाविक भएपनि अहिले अस्वाभाविक रुपमा केही दल उदायको बताए । उनले संसदभित्र रहेका दल र नेताहरुमा जो अलि राष्ट्रवादी छ, त्यसविरुद्ध नयाँ पत्रको नाममा विभिन्न चलखेल भएको बताए ।

माओवादी केन्द्रको अलि बाक्लो मत भएको स्थानमा जिते पनि गठबन्धनको मतमा भर पर्नुपर्ने क्षेत्रमा माओवादी उम्मेदवरा विजयी हुन नसकेको बताए । उनले गठबन्धनले माथिबाट दिएको निर्देशन अनुसार स्थानीय तहमा इमान्दारिता नभएको समेत बताए ।

महासचिव गुरुङले चुनावी परिणाम जस्तो आएपनि अब दलहरुबीच सहकार्य र समझदारी हुनुपर्ने बताए । उनले दलहरु विभाजित र विखण्डन भए विदेशी शक्तिको चलखेल र स्वार्थ पनि बढ्ने बताए । दलहरुले एक अर्कालाई निषेध गरे विदेशी शक्तिले फाइदा उठाउने भन्दै गुरुङले चुनावको बेलाको अवस्थालाई भुलेर दलहरु अघि बढ्नु पर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal