आज :

प्रधानन्यायाधीश जबराले भने– सर्वोच्च अदालत जान्छ तर इजलासमा बस्दैन

  • अनलाइन डबली

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू इजलासमा नबस्ने बताएका छन् । संचारमाध्यमसँगको कुराकानीको क्रममा जबराले आफू सर्वोच्च अदालत जाने तर इजलासमा नबस्ने र प्रशासनिक काम पनि नगर्ने बताएका छन् ।

प्रधानन्यायाधीश जबराले संसद सचिवालयको पत्रले आफूलाई न्यायको अनुभूति गराएको बताएका छन् । बुधबार संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र दिएको थियो ।

निलम्बित प्रधानन्यायाधीश जबरासहित अन्य ६ वटा निकायलाई महाभियोग निष्प्रभावी भएको पत्र पठाइएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताएका छन् ।

बजराले आफू अबकासमा जाने भएकोले पनि इजलास र प्रशासनिक काम पनि नगर्ने बताए । उनले भने, “हामी एक महिना अगाडिबाटै बेञ्चमा बस्दैनौ । अन्य प्रशासनिक काम पनि खासै गर्ने गरिएको छैन । म सर्वोच्च त जान्छु तर न्यायिक वा प्रशासनिक काम गर्ने सोच छैन ।”

एक वर्षअघि फागुन १ गते संघीय संसदका ९८ सांसदले प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । महाभियोग प्रक्रियामै रहेको समयमा संसदको कार्यकाल समाप्त भएपछि पूर्ववत् महाभियोग सिफारिस समितिले महाभियोग निरन्तर रहने र अर्को संसदले टुंगो लगाउने भन्दै संसदमा सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal